SHARE
Kalo Pati · शुक्रबार​ १९ असार २०८३ ०४:३० AM · 1 मिनेट पढाइ

कसैले झुटो र भ्रमपूर्ण विज्ञापन गरे उपभोक्तालाई क्षतिपूर्ति तिर्नुपर्ने

काठमाडौं । अबदेखि वस्तु वा सेवाका बारेमा झुटो वा भ्रमपूर्ण विज्ञापन गरी उपभोक्तालाई हानि-नोक्सानी पुर्‍याएमा सम्बन्धित पक्षले क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ ले तथ्यहीन र भ्रमपूर्ण विज्ञापनलाई निरुत्साहित गर्दै उपभोक्ता अधिकार संरक्षणका लागि यस्तो व्यवस्था गरेको हो ।