SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ ०३:१६ PM · 1 मिनेट पढाइ

दक्षिण अफ्रिकामा बस दुर्घटनाः १६ जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौं । दक्षिण अफ्रिकाको दक्षिण-पश्चिममा ७८ जना यात्रु बोकेको बस बिहीबार पल्टिँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । प्रहरी र यातायात अधिकारीका अनुसार मत्यु हुनेमा केही बालबालिकासमेत रहेका छन् । सडक ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार बस पर्यटकीय शहर केप टाउनबाट पूर्वी केप प्रान्तको इडुटिवामा जाँदै गर्दा बिहानको समयमा दुर्घटना भएको हो ।