SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ ०३:५७ PM · 1 मिनेट पढाइ

प्राकृतिक विपद्मा परी देशभर ४६२ जनाको मृत्यु, १८ जना बेपत्ता

काठमाडौं । नेपालमा पछिल्लो एक वर्षको अवधिमा विपद्जन्य घटनामा परी ठूलो मानवीय र भौतिक क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि असार १७ गतेसम्म प्राकृति विपद्मा परी ४६२ जनाले ज्यान गुमाएका छन् ।