SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ ०२:१९ PM · 1 मिनेट पढाइ

एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी महोत्तरीबाट पक्राउ

काठमाडौं । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले कोइरीलाई महोत्तरीकै गौशाला नगरपालिका–५ एमाले पार्टी कार्यालय अगाडिबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।