SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ ०२:१२ PM · 1 मिनेट पढाइ

पाँचथरको हिलिहाङको एउटै वडाका ६० घर पहिरोको जोखिममा

काठमाडौं । अविरल वर्षासँगै पहिरो जाँदा पाँचथरको हिलिहाङ गाउँपालिकाको एउटै वडाका ६० घर जोखिममा परेका छन् । यही असार ४ र ५ गते अत्यधिक वर्षा भएपछि हिलिहाङ–५ सुभाङको बस्ती पहिरोको जोखिममा परेको हो । पहिरोले घर भत्काएपछि मालबासे टोलका दुर्गामणि खुदाङ, शर्णकुमार केरुङ, गजवीर खुदाङ र हेमकुमार पदालुङको परिवार विस्थापित भएको छ ।