ईश्वरी भुजेल हत्या प्रकरणः नेपाली ब्रो र उनकी प्रेमिका प्रतीक्षा आचार्य कारागार चलान
काठमाडौं । श्रीमती हत्या मुद्दामा ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा र प्रेमिका प्रतीक्षा आचार्यलाई पुर्पक्षका लागि थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। बिहीबार न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उक्त आदेश दिएको हो। नेपाली सेनाको सुवेदार पदमा कार्यरत श्रीमती ईश्वरी भुजेलको हत्या गरेपछि प्रहरीले नेपाली ब्रोलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
