SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ १२:४६ PM · 1 मिनेट पढाइ

सङ्ग्रहालयहरूको संरक्षण, सञ्चालन र सुरक्षाको लागि एकीकृत ऐन आवश्यक: सरोकारवाला

काठमाडौँ । नेपालमा सङ्ग्रहालयहरूको संरक्षण, सञ्चालन र सुरक्षाको लागि एकीकृत ऐन ल्याउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार आयोजना गरेको सङ्ग्रहालय सम्बन्धी कानुनी मस्यौदामाथिको छलफल कार्यक्रममा सहभागीहरूले नेपालमा हाल विभिन्न ऐन, नियम र संस्थागत व्यवस्थाअन्तर्गत सङ्ग्रहालय सञ्चालन भइरहेको बताए ।