स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सञ्चालनमा एकरूपता ल्याउन ऐन संशोधन प्रक्रिया अघि बढाइएको छ: स्वास्थ्यमन्त्री
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सञ्चालनमा एकरूपता ल्याउन ऐन संशोधन प्रक्रिया अघि बढाइएको बताएकी छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् ।
