सहकारी विधेयक बहुमतले पारित
काठमाडौँ । सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । सभाको बिहीबारको बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ बहुमतले पारित गरिएको हो । यसअघि बैठकमा विधेयकमाथिका संशोधन प्रस्ताव प्रस्तुत हुनुका साथै दफावार छलफल भएको थियो ।
