SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ १२:०२ PM · 1 मिनेट पढाइ

गाउँमै फिजियोथेरापी सेवाले बिरामीलाई सहज

स्थानीयले देश तथा विदेशबाट दाता खोजेर स्वास्थ्य चौकीमै उक्त सेवा दिन थालेपछि बिरामीलाई बागलुङ बजार धाउनुपर्ने बाध्यता हटेको छ । रु ३७ लाखको लगानीमा वडा कार्यालयले तीन कोठाको भवन निर्माण गरी उक्त सेवा सञ्चालन गरेको स्वास्थ्य चौकी प्रमुख लक्ष्मीप्रसाद निउरेले जानकारी दिए ।