SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ १०:२९ AM · 1 मिनेट पढाइ

कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन

काठमाडौं । कोशी प्रदेशसभाको आज दिउँसो १ः०० बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको छ । प्रदेशसभाको नवौँ अधिवेशनको १६औँ बैठक असार ११, असार १६ र आज पनि तोकिएको समय बस्न नसकेपछि कोशी प्रदेश सरकारको अनुरोधमा असार १९ गते शुक्रबार दिउँसो १ः०० बस्ने समय तोकिएको प्रदेशसभाका सचिव सुदर्शन खड्काले जानकारी दिए ।