कारबाहीमा परेपछि सुदूरपश्चिमका मुख्यमन्त्रीले भने: ट्राफिक नियमको पूर्णपालना गरौँ
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ट्राफिक नियमको पूर्णपालना गर्न/गराउन सरोकार भएका सबैलाई आग्रह गरेका छन् । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले दुर्घटनाबाट हुने सम्भावित जोखिमबाट बच्न अनिवार्य रूपमा ट्राफिक नियम पालना गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री शाहले निवास परिसरमा हेलमेट नलगाई मोटरसाइकल चलाएको श्रव्यदृश्य सामग्री सार्वजनिक भएपछि आलोचना भएको थियो ।
