सरकारले सुकुम्वासीको तत्कालको समस्या सम्बोधन हुनेगरी बजेटको व्यवस्था गर्न सकेन: जयन्तीदेवी राई
काठमाडौँ । विपक्ष नेपाली कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी सांसद जयन्तीदेवी राईले सरकारले सुकुम्वासीहरूको तत्कालीन समस्या पनि सम्बोधन गर्न नसक्ने दाबी गरेकी छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा विभिन्न मन्त्रालयहरूको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिने क्रममा उनले सरकारले विनियोजन गरेको बजेटले सुकुम्वासीहरूको तत्कालको समस्या पनि समाधान गर्न नसक्ने देखिएको स्पष्ट पारेकी हुन् ।
