पर्सामा सशस्त्र प्रहरीको अविरल प्रयास : करिब रु. ७ लाख ५० हजार बराबरको सामान भन्सारमा बुझाइयो
वीरगञ्ज, भदौ ३। सीमामा अवैध गतिविधि नियन्त्रण गर्दै सशस्त्र प्रहरी बल नेपाल, पर्साका दुईवटा टोलीले करिब रु. ७ लाख ५० हजार बराबरको सामान नियन्त्रणमा लिई भन्सारमा बुझाएका छन्। यस्तै, मिति २०८२।०५।०३ गते, प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराको नेतृत्वमा खटिएको मोबाइल टोलीले वीरगञ्ज महानगरपालिका–१७, आईसीपी गेट नजिकैबाट अवैध रूपमा ल्याइँदै गरेको करिब रु. ४ लाख २९ हजार ५०० बराबरको मोबाइल पार्ट्स नियन्त्रणमा लिएको छ। उक्त सामान ल्याउने व्यक्ति भने घटनास्थलबाट भाग्न सफल भएको छ।
