SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ ०९:५४ AM · 1 मिनेट पढाइ

पाकिस्तानमा वर्षा जन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते

काठमाडौं । भारी मनसुनी वर्षासँगै आएको आँधीबेहरी र तीव्र हावाले पाकिस्तानमा कम्तिमा ११ जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको अधिकारीहरूले बिहीबार बताएका छन् । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) का अनुसार उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा, एक महिला र तीन जना बच्चासहित छ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।