SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ १०:०९ AM · 1 मिनेट पढाइ

भारतसँग सहकार्य विस्तारमा जापानको जोड

काठमाडौं । जापानकी प्रधानमन्त्री साने ताकाइचीले भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा द्विपक्षीय रणनीतिक साझेदारी, आर्थिक सुरक्षा, लगानी र नवप्रवर्तनमा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेकी छन् । नयाँदिल्ली आइपुगेलगत्तै उहाँले भारतले गरेको न्यानो स्वागतप्रति आभार व्यक्त गर्दै भ्रमणप्रति उत्साहित रहेको बताइन् ।