नेप्से परिसूचक बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६ दशमलव ५१ अङ्कले बढेर दुई हजार ७७६ दशमलव ९० को विन्दुमा कायम भएको छ । मंगलबार ३१६ कम्पनीको एक करोड ३१ लाख २४ हजार ३१० कित्ता सेयर ६१ हजार ७८४ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ६३ करोड ६५ लाख ४८ हजार ३८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज सबै समूहको उपसूचक बढेको छ ।
