बैंगलोरमा नेपाली महावाणिज्य दूतावास स्थापना गर्न सांसदको माग
काठमाडौं । नेकपा एमालेका सांसद ऐन महरले भारतको बैंगलोरमा नेपाली महावाणिज्य दूतावास वा कूटनीतिक नियोग तत्काल स्थापना गर्न सरकारसँग माग गरेका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले भारतको बैंगलोरस्थित चन्द्रपुर अपार्टमेन्टमा कार्यरत बझाङको केदारस्युँ गाउँपालिका–४ निवासी विजयराज भट्टको कार्यस्थलमै कुटपिटबाट मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
