नाडा अटो शोमा बीवाईडी एट्टो–२ सार्वजनिक, मूल्य ४३.९९ लाख रुपैयाँ
काठमाडौं । बीवाईडीको नयाँ इलेक्ट्रिक एसयूभी एट्टो–२ नेपाली बजारमा उपलब्ध भएको छ । बीवाईडी गाडीका आधिकारिक वितरक साइमेक्स इंकले मंगलबार काठमाडौंमा सुरु भएको ‘नाडा अटो शो–२०२५’ को अवसर पारेर यो गाडी सार्वजनिक गरेको हो । एट्टो–२ बीवाईडीको ई–प्लेटफर्म ३.०मा आधारित रहेको छ । कम्पनीका अनुसार यसमा राखिएको ४१.१ किलोवाट आवरको एलएफपी ब्लेड ब्याट्रीले एक पटकको चार्जमा ३१२ किलोमिटर सम्म यात्रा गर्न सक्ने क्षमता प्रदान गर्छ । गाडीको टप स्पिड १६० किलोमिटर प्रतिघण्टा रहेको छ । यसको लम्बाइ ४३१० एमएम, चौडाइ १८३० एमएम र उचाइ १६७५ एमएम छ ।
