SHARE
Kalo Pati · बिहीबार १८ असार २०८३ ०९:०४ AM · 1 मिनेट पढाइ

खड्कबहादुर बुढाले उठाए प्रतिनिधिसभामा सरकारप्रति सुशासन र पासपोर्ट खरिदबारे गम्भीर प्रश्न

काठमाडौं । नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढाले वर्तमान सरकारको सुशासन र संवैधानिक निकायहरूको स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा आफ्नो धारणा राख्दै उनले पासपोर्ट छपाइ तथा खरिद प्रक्रियासम्बन्धी विषयमा बाहिर आएका समाचारहरूले देशमा सुशासन र कानुनी शासनमाथि प्रश्न उठाएको बताए ।