SHARE
कालिका खबर · मङगलबार ३ भौ २०८२ ११:४४ AM · 1 मिनेट पढाइ

श्रममन्त्री र सचिवबिच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आफ्नो कार्यक्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित मन्त्रालय अन्तर्गतका विभाग, बोर्ड, सुरक्षा कोष तथा आन्तरिक रोजगार व्यवस्थापन महाशाखालगायतका निकायहरूसँग कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ । बुधबार मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा मन्त्री शरतसिंह भण्डारी र श्रम सचिव डा. कृष्णहरि पुस्करबिच एक वर्षे कार्यसम्पादन सम्झौता पत्र आदानप्रदान गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले श्रम मन्त्रालयले पछिल्ला दिनमा राष्ट्रको गरिमा बढाउने खालका कार्यहरू गर्दै आएको उल्लेख गरे । उनले नीतिगत सुधार र जनउत्तरदायी सेवा प्रवाहलाई प्राथमिकता दिँदै नागरिकलाई अनुभूत हुने गरी काम गर्न निर्देशन दिए ।