SHARE
कालिका खबर · मङगलबार ३ भौ २०८२ ११:५४ AM · 1 मिनेट पढाइ

युवा नेता अबुल हुसेन अन्सारीद्वारा नेपाल महिला संघलाई सहयोग

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी अबुल हुसेन अन्सारीले नेपाल महिला संघ केन्द्रीय समितिलाई सहयोग प्रदान गरेका छन्। महिला संघको चौथो महाधिवेशन तयारीलाई लक्षित गर्दै उनले एक थान ल्यापटप र कार्यालय सञ्चालनका लागि एक सेट मोबाइल फोन हस्तान्तरण गरेका हुन्। नेता अन्सारीले उक्त सहयोग सामग्री महिला संघकी अध्यक्ष उषा राउतलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्। यस सहयोगका लागि महिला संघले अन्सारीप्रति हार्दिक आभार प्रकट गरेको छ।