टाटा मोटर्सको ‘फ्री लाइफ टाइम चार्जिङ’ योजना सार्वजनिक
काठमाडौं । टाटा मोटर्सले नेपालमा आफ्ना विद्युतीय गाडीका ग्राहकका लागि ‘फ्री लाइफ टाइम चार्जिङ’ योजना सार्वजनिक गरेको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले भदौ ३ गतेदेखि काठमाडौंमा सुरु भएको ‘नाडा अटो शो २०२५’ को अवसरमा यो विशेष अफर ल्याएको हो। यस योजना अन्तर्गत टाटा ईभी खरिद गर्ने ग्राहकले जीवनभरका लागि निःशुल्क चार्जिङ सुविधा पाउनेछन्। कम्पनीका अनुसार, यसपछि ग्राहकले कुनै पनि चार्जिङ खर्च तिर्नु पर्ने छैन। हाल टाटाका टियागो, नेक्सन, पन्च र कर्भ ईभी नेपाली बजारमा उपलब्ध छन्।
