सेग्मेन्टकै पहिलो ‘रियर ह्विल ड्राइभ’ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन ई.मास ५ ’ नेपालमा आउँदै
काठमाडौँ। नेपालको विद्युतीय सवारी (ईभी) बजारमा अर्को नयाँ अध्याय थपिने भएको छ। प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ (आरडब्लुडी) कम्प्याक्ट इलेक्ट्रिक एसयूभी ‘प्रोटोन ई.मास ५ ’ नेपाली बजारमा ल्याउने तयारी गरेको छ। कम्पनीका अनुसार प्रोटोन ई.मास ५ नेपालमा सार्वजनिक हुने आफ्नो वर्गकै पहिलो रियर–ह्विल–ड्राइभ इलेक्ट्रिक एसयूभी हुनेछ।
