बालकले चलाएको ट्रकले आठ भिक्षुको मृत्यु
एजेन्सी । थाइल्यान्डको उत्तरपूर्वी मुकदाहान प्रान्तमा ११ वर्षीय बालकले आफ्ना अभिभावकको पिकअप ट्रक अनुमति बिना चलाउने क्रममा धार्मिक जुलुसमा सहभागी बौद्ध भिक्षुहरूलाई ठक्कर दिँदा आठ भिक्षुको मृत्यु भएको छ भने १० जनाभन्दा बढी घाइते भएका छन् । घटनापछि प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
