SHARE
कालिका खबर · मङगलबार ३ भौ २०८२ ०२:३५ PM · 1 मिनेट पढाइ

बारामा लागू औषधसहित महिला पक्राउ

बारा, भदौ ३। लागू औषध नियन्त्रणतर्फ जिल्लामा प्रहरीको सक्रियता प्रशंसनीय बन्दै गएको छ। जिल्ला प्रहरी कार्यालय बाराबाट प्राप्त विशेष सूचनाको आधारमा फेटा गाउँपालिका–१ त्रिवेणीटोल बस्ने ४० वर्षीया पार्वती महतो लागू औषध ब्राउन सुगर सहित पक्राउ परेकी छन्। मिति २०८२ भदौ ३ गते दिउँसो करिब २ः५० बजेको समयमा इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्र.ना.नि. रामकिशुन यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले महतोको घरमा खनतलासी गर्दा कपडाको झोलामा प्लास्टिकको सानो बट्टाभित्र प्लास्टिकको स–साना पुरियामा बनाइ लुकाइ राखिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने १० ग्राम १६० मिलिग्राम लागू औषध बरामद गरेको हो।