अवैध सामान नियन्त्रणमा सशस्त्र प्रहरी बलको उल्लेखनीय सफलता
वीरगंज, भदौ ३। सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेक्वा पर्साले पछिल्ला दिनहरूमा अवैध सामान नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको छ। भन्सार छली गरी भारतबाट ल्याइएका विभिन्न सामानहरू नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने कार्यमार्फत सशस्त्र प्रहरीले अवैध क्रियाकलापविरुद्ध दृढ संकल्पका साथ आफ्नो जिम्मेवारी निर्वाह गरेको छ। मिति २०८२ भदौ २ गते स.प्र.नि. दिपेन्द्र प्रकाश मल्लको कमाण्डमा खटिएको टोलीले वीरगंज महानगरपालिका–१५ भिष्वा चोकबाट परवानीपुरतर्फ लैजाँदै गरिएको सवारी साधनका इन्जिन स्पेयर पार्ट्स नियन्त्रणमा लिएको छ। सो स्पेयर पार्ट्सको भन्सार मूल्य रु. ११,८३,०००।– बराबर रहेको जनाइएको छ।
