SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ ०७:२६ AM · 1 मिनेट पढाइ

गम्भीर विषयमा सरल प्रस्तुति ‘गौँथली’

काठमाडौँ । आगामी साउन १ गतेदेखि नेपाली चलचित्र ‘गौँथली’ प्रदर्शन हुँदैछ । झन्डै २५ वर्ष अगाडि प्रदर्शन भएको सोही शीर्षकको चलचित्र गीतिकथामा आधारित रहेर ‘गौँथली’ तयार गरिएको हो । सानै उमेरमा विवाह हुने बालिकाको पढ्ने चाहनालाई कथामा तयार गरिएको गीति चलचित्र ‘गौँथली’ को कथा लेखनका साथै निर्माण डाक्टर भोला रिजालले गरेका हुन् ।