SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ ०८:०७ AM · 1 मिनेट पढाइ

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण परियोजना सुरु

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो जल सङ्कट र सहरी डुबानको समस्यालाई दीर्घकालीन रूपमा सम्बोधन गर्ने उद्देश्यले सिभिल सर्भिस अस्पताल परिसरमा कृत्रिम भू–जल पुनर्भरण (आर्टिफिसियल ग्राउन्ड वाटर रिचार्ज) परियोजना सुरु गरिएको छ। बोटलर्स नेपाल लिमिटेड (बीएनएल) र सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सीआईयूडी) को संयुक्त पहलमा सञ्चालन हुन लागेको परियोजनाको मङ्गलवार शिलान्यास गरिएको हो।