SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ ०६:३६ AM · 1 मिनेट पढाइ

तुलसीपुरको पिरगाउँ प्राथमिक विद्यालय पुनः सञ्चालनमा

दाङ । तुलसीपुर उपमहानगरपालिका–११ स्थित पिरगाउँ प्राथमिक विद्यालय पुनः सञ्चालनमा आएको छ । उक्त विद्यालय न्यून विद्यार्थी भएकै कारण २०७६ सालमा बन्द भएको थियो । स्थानीयले पुनः विद्यालय सञ्चालन गर्न माग गरेपछि हालैदेखि विद्यालय सञ्चालनमा आएको हो । हाल विद्यालयमा ३६ जना विद्यार्थी रहेको प्रधानाध्यापक रमा बस्नेतले बताइन् ।