त्रिभुवन विमानस्थलबाट कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला
काठमाडौँ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीका गरगहनासहित दुई जना पक्राउ परेका छन् । जुत्ता, सारी र अन्य कपडा उल्लेख भएको कार्गो बाकस जाँच गर्दा सुन तथा चाँदीजस्तो देखिने धातुका गरगहना फेला परेको थियो । उक्त सामग्री युनिक कार्गोले एपेक्स लजिस्टिकमार्फत काठमाडौँबाट संयुक्त राज्य अमेरिका पठाउन लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
