SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ ०६:४८ AM · 1 मिनेट पढाइ

युक्रेनमा रूसी आक्रमण जारी, पछिल्लो आक्रमणमा ८ जनाको मृत्यु

एजेन्सी । रूसी पक्षले बिहीबार गरेको मिसाइल तथा ड्रोन आक्रमणका कारण किएभमा कम्तिमा आठ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको युक्रनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । उनका अनुसार मस्कोले ‘ठूलो आक्रमण’ को तयारी गरिरहेको चेतावनी दिए पछि यो आक्रमण भएको थियो ।