प्यालेस्टाइन शरणार्थी निकायका लागि वित्तीय स्रोत जुटाउन संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह
एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य निकाय (यूएनआरडब्लुए) लाई राजनीतिक समर्थनका साथै तत्काल ‘आवश्यक वित्तीय स्रोत’ उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग अपील गरेका छन् । संयुक्त राष्ट्रसंघीय महासभा (यूएनजीए) अन्तर्गत स्वेच्छिक योगदान घोषणा गर्ने तदर्थ समितिको बैठकलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले उक्त आग्रह गरेका हुन् ।
