प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव केशरीको निधन
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव एवं आख्यानकार गीता केशरीको ८६ वर्षका उमेरमा आज निधन भएको छ । उनी अज्लाइमर र हृदयरोगका कारण चाबहिलस्थित ओम अस्पतालमा भर्ना भई उपचाररत थिए । दिवगङ्त केशरीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । केशरी २०६१ देखि २०६३ सम्म प्रतिष्ठानको सदस्य सचिव थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
