SHARE
Kalo Pati · बिहीबार १८ असार २०८३ ०४:२३ AM · 1 मिनेट पढाइ

बारामा मोबाइल चोरीको आरोपमा बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार महिला पक्राउ

काठमाडौँ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा मोबाइल चोरी गरेको आरोप लगाउँदै चार जना बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बालबालिकालाई बरको रुखको फेदमा डोरीले बाँधेर निर्घात कुटपिट गरिएको थियो।