१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति
काठमाण्डौ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनमा प्रस्तुत साङ्गठनिक प्रतिवेदनमा त्रुटिवश बालबालिकाको विवरण समावेश भएको स्पष्टीकरण दिएको छ । चितवनमा भएको पहिलो महाधिवेशनबाट महामन्त्री निर्वाचित विपिनकुमार आचार्यले विज्ञप्ति निकालेर पार्टीबाट त्रुटि भएको जनाउनुभएको हो ।
