सरकारी कागजात मोबाइल एपबाट ‘स्क्यान’ नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
काठमाण्डौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी ‘स्क्यान’ नगर्न निर्देशन दिएको छ । कार्यालयले परिपत्र जारी गर्दै तीनै तहका सरकारलाई त्यस्तो निर्देशन दिएको हो । कार्यालयको सूचना प्रविधि शाखाले जारी गरेको परिपत्रअनुसार यो कदम मुख्य रूपमा डिजिटल सुरक्षा र तथ्याङ्क गोपनीयता सुनिश्चित गर्नका लागि चालिएको हो ।
