SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ ०४:३० AM · 1 मिनेट पढाइ

इजिप्टमा सवारी दुर्घटनाः नहरमा ट्राइसाइकल खस्दा नौ बालबालिकाको मृत्यु

एजेन्सी । दक्षिणी इजिप्टको अस्युत प्रान्तमा एउटा गुडिरहेको इन्जिनयुक्त ट्राइसाइकल नहरमा खस्दा नौ बालबालिकाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका अनुसार मंगलवार भएको यस दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । अस्युत गभर्नरेटद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार उक्त दुर्घटना अबु टिग जिल्लामा भएको हो ।