छायाँ कम्प्लेक्स विवादले राज्यप्रति निजी लगानीकर्ताको विश्वास गुम्ने डर !
काठमाडौँ । सरकारले स्वदेशी तथा विदेशी लगानी भित्र्याउन लगानी सम्मेलन गर्ने, निजी क्षेत्रलाई अर्थतन्त्रको साझेदारका रूपमा प्रस्तुत गर्ने र लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता दोहोर्याइरहेका बेला ठमेलस्थित छायाँ कम्प्लेक्ससँग जोडिएको विवादले नेपालमा निजी लगानीको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।
