SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ ०३:३८ AM · 1 मिनेट पढाइ

जडीबुटीखेतीतर्फ भोजपुरका किसानको आकर्षण बढ्दो

भोजपुर । भोजपुरका किसानहरू पछिल्लो समय व्यावसायिक जडीबुटीखेतीतर्फ आकर्षित हुन थालेका छन्। परम्परागत अन्नबालीको तुलनामा जडीबुटीबाट राम्रो आम्दानी लिन सकिने सम्भावना देखिएपछि यहाँका किसानहरू नयाँ विकल्पको रूपमा यस खेतीतर्फ उन्मुख भएका हुन् । विशेषगरी जिल्लाका उच्च लेकाली तथा चिसो हावापानी भएका भू–भाग जडीबुटी उत्पादनका लागि उपयुक्त मानिँदै आएका छन् ।