SHARE
मकालु खबर · बिहीबार १८ असार २०८३ ०३:५३ AM · 1 मिनेट पढाइ

नमोबुद्धमा पानी प्रशोधन प्रणाली

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित जनक माध्यमिक विद्यालयमा इजरायली ‘लगुना’ प्रविधिमा आधारित सौर्य–ऊर्जाचालित ‘अफ–ग्रिड’ पानी प्रशोधन तथा पुनःप्रयोग प्रणाली सञ्चालन गरिएको छ । नेपालकै पहिलो मानिएको यस परियोजनाले विद्यालयलाई जलवायुमैत्री प्रविधि, दिगो पानी व्यवस्थापन तथा कृषि नवप्रवर्तनको जीवित प्रयोगशालाकारुपमा स्थापित गर्ने अपेक्षासमेत गरिएको छ ।