अग्रज पत्रकार पराजुलीको निधन
गण्डकी । पोखराका अग्रज पत्रकार केशवराज पराजुलीको ९२ वर्षको उमेरमा निधन भएको छ । पोखरा महानगरपालिका–३ नदीपुरस्थित निवासमा गएराति निधन भएका पराजुलीको आज सेती नदी किनार तुलसीघाटमा अन्त्येष्टि गरिएको छ । उनी विसं २०४० देखि प्रकाशन सुरु भएको जनमत दैनिकको संस्थापक सम्पादक थिए । विभिन्न पत्रपत्रिकामा पराजुलीका खोजमूलक लेखरचना तथा केही कृति प्रकाशित छन् ।
