SHARE
मकालु खबर · बुधबार १७ असार २०८३ ०२:३९ PM · 1 मिनेट पढाइ

थमन विक हत्या प्रकरणमा एमालेका पूर्वसांसद कोइरीलाई पाँच वर्ष कैद सजाय

काठमाडौं । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा नेकपा एमाले नेता तथा पूर्व प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो (कोइरी) लाई उच्च अदालत जनकपुरले दोषी ठहर गरेको छ । उच्च अदालत जनकपुरले यसअघि महोत्तरी जिल्ला अदालतको फैसला उल्टाउँदै कोइरीलाई पाँच वर्ष कैद सजाय हुने फैसला सुनाएको हो ।