SHARE
मकालु खबर · बुधबार १७ असार २०८३ ०२:४८ PM · 1 मिनेट पढाइ

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाको तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायतलाई भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ । पलापु खानेपानी लिफ्टको बैंक ग्यारेन्टी रकम हिनामिना गरेको तथा आम्दानी नजनाएको भन्नेसमेतको उजुरीका सम्बन्धमा छानबिन गर्दा भ्रष्टाचार भएको आयोगको ठहर छ ।