सञ्चारमन्त्रीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले शिष्टाचार भेट गरेका छन् । आज मन्त्रालयमा भएको भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनेलगायत विकास साझेदारीका विविध आयामबारे छलफल भएको हो । सञ्चार क्षेत्रको सुदृढीकरण तथा डिजिटल रूपान्तरण, सङ्घीयताको कार्यान्वयनलगायत विषयमा पनि छलफल भएको छ ।
