SHARE
मकालु खबर · बुधबार १७ असार २०८३ १२:१८ PM · 1 मिनेट पढाइ

रास्वपाको पहिलो केन्द्रीय समिति बैठक सम्पन्न

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनपश्चात् निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बुधवार सम्पन्न भएको छ । पार्टी कार्यालयमा बसेको बैठकले विभिन्न साङ्गठनिक निर्णयहरू गर्दै महत्त्वपूर्ण आयोगहरू गठन गरेको हो । बैठकको सुरुमा नवनिर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको थियो ।