नेपाललाई विश्वको ‘वेलनेस हब’ बनाउँछौँ: पर्यटनमन्त्री पौडेल
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाललाई आरोग्य (वेलनेस) पर्यटनको विश्व केन्द्रका रूपमा स्थापित गर्न सरकार ‘आरोग्य पर्यटन दशक’ मनाउने तयारीमा रहेको बताएका छन् । बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
