SHARE
मकालु खबर · बुधबार १७ असार २०८३ ०१:०७ PM · 1 मिनेट पढाइ

लेबनान, सिरिया, गाजाबाट तत्काल इजरायली सेना फिर्ता नहुने

काठमाडौं । इजरायली रक्षामन्त्री इजरायल काट्जले लेबनान, सिरिया र गाजामा स्थापित स्वघोषित “सुरक्षा क्षेत्र“ बाट तत्काल इजरायली सेना फिर्ता हुने कुनै समय सीमा नतोकिएको बताएका छन् । स्थानीय बासिन्दाहरूलाई जिहादीहरूबाट जोगाउन आईडीएफ लेबनान, सिरिया र गाजाको सुरक्षा क्षेत्रमा अनिश्चितकाल सम्मका लागि त्यही रहने रक्षा मन्त्री इजरायल काट्जले बताए ।