SHARE
मकालु खबर · बुधबार १७ असार २०८३ ०१:०८ PM · 1 मिनेट पढाइ

सीको जोड: बलियो सेना र भ्रष्टाचार अन्त्य

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले देशको रक्षा क्षमता थप सुदृढ बनाउने, सेनाको आधुनिकीकरणलाई तीव्रता दिने र सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारविरुद्धको अभियानलाई अझ कडा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले ताइवानलाई चीनसँग एकीकरण गर्ने लक्ष्य पनि पुनः दोहोर्याउँदै बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन् ।