विश्वकपको अन्तिम १६ मा सात टोली, आज थप तीन रोमाञ्चक नकआउट भिडन्त
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ का खेलहरू जारी रहँदा बुधवार बिहानसम्म सात टोलीले अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन्। क्यानडा, ब्राजिल, पाराग्वे, मोरक्को, नर्वे, फ्रान्स र मेक्सिकोले जित निकाल्दै उपाधि यात्रालाई निरन्तरता दिएका हुन्। राउन्ड अफ ३२ मा क्यानडाले दक्षिण अफ्रिकालाई १–० गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो।
